बसको ठक्करबाट घाइते भएका ट्राफिक टोपहादुर खत्रीको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बसको ठक्करबाट घाइते भएका ट्राफिक टोपहादुर खत्रीको मृत्यु भएको छ । कोटेश्वरमा जुनेली यातायातको बसको ठक्करबाट गम्भीर घाइते भएका ट्राफिक प्रहरी नायब निरीक्षक टोपहादुर खत्रीको मृत्यु भएको हो ।

यही फागुन २० गते जुनेली यातायातको प्रदेश-३-०१-००५ ख ९७५५ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका खत्रीको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको थियो । खत्रीको उपचारका क्रममा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

त्यस्तै, दुर्घटना गराउने बसका चालक नवराज गिरी हाल प्रहरीको नियन्त्रणमा रहेका छन् । उक्त बसका चालक गिरीलाई प्रहरीले ‘सवारी ज्यान’सम्बन्धी कसूरमा अनुसन्धान गरिरहेको थियो । खत्रीको मृत्यु भएपश्चात् अब सोही अनुसारको मुद्दा प्रक्रिया अगाडि बढ्ने प्रवक्ता श्रेष्ठको भनाइ छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्