क्यान्सरका बिरामीलाई यती एअरलाइन्सले नि:शुल्क हवाई टिकट प्रदान गर्ने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । यती एअरलाइन्सले क्यान्सर उपचार गर्नका लागि जाने बिरामीलाई नि:शुल्क हवाई टिकट प्रदान गर्ने भएको छ । एअरलाइन्सले विराट मेडिकल कलेज टिचिङ हस्पिटल (विराट क्यान्सर इन्स्टिट्युट) मा जाने क्यान्सरका बिरामीहरुलाई नि:शुल्क हवाई टिकट प्रदान गर्ने भएको हो ।

यती एअरलाइन्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत क्यान्सरका बिरामीलाई सहयोग गर्ने उद्देश्यले विराट क्यान्सर इन्स्टिट्युटसँगको सहकार्यमा यो सुविधा ल्याएको हो । बिरामीले नि:शुल्क टिकट लिनका लागि आवश्यक कागजातसहित विराट क्यान्सर इन्स्टिट्युटमा सम्पर्क गर्नुपर्ने हुन्छ । विमानस्थलमा चेक-इन गर्दा यात्रुले यती एअरलाइन्सको काउन्टरमा अस्पतालद्वारा क्यान्सरको बिरामी प्रमाणित गरिएको परिचयपत्र पेश गर्नुपर्ने एअरलाइन्सले जनाएको छ ।

यसैगरी नेपालभरि रहेका क्यान्सरका बिरामीहरुले नि:शुल्क हवाई टिकट उपभोग गर्न सक्नेछन् । बिरामीहरुले डाक्टरको अप्वाइन्टमेन्ट लिँदा टिकट बुकिङ्गका लागि अस्पतालको नम्बर ९८५२०४४२६६ मा सिधै सम्पर्क गर्न सक्नेछन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्