अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा आदिवासी समुदायका लागि आवास योजना

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले आदिवासी समुदायका लागि आवास योजना घोषणा गरेका छन् । अष्ट्रेलियाका प्रधानमन्त्रीले आदिवासी समुदायका लागि नयाँ घर निर्माण गर्न अर्बौं डलरको नयाँ कोषको योजना घोषणा गरेका हुन् ।

अल्बानीजले मंगलबार सङ्घीय र उत्तरी क्षेत्र (एनटी) सरकारबाट उत्तरी क्षेत्र भरिका दुर्गम समुदायका लागि आवास निर्माण गर्न ४ अर्ब अष्ट्रेलियन डलर (२.६ अर्ब अमेरिकी डलर) को संयुक्त लगानी कोष घोषणा गरेका हुन् । सो योजना अन्तर्गत सरकारले सन् २०१८ यता ७३ वटा दुर्गम क्षेत्रका समुदायका लागि ६ सय ५० वटा घर निर्माण गरेको छ । यही कार्यक्रमको निरन्तरता अन्तर्गत प्रत्येक वर्ष २ सय ७० वटा नयाँ घर निर्माण हुने अनुमान गरिएको छ ।

यस्तै, अल्बानीजले घोषणा कार्यक्रममा भने, ‘आजको घोषणाले दुर्गम समुदायको आवासको अवस्थामा सुधार ल्याउने र आदिवासी र गैर-आदिवासी अस्ट्रेलियालीबीचको खाडल कम गर्न मद्दत गर्नेछ ।’ उक्त कोषमा आधाभन्दा बढी लगानी सङ्घीय सरकारबाट प्राप्त हुनेछ भने १२ करोड अस्ट्रेलियाली डलर एनटी सरकारको हुनेछ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्