राष्ट्रपतिद्वारा राजदूतलाई पद तथा गोपनीयताको शपथ ग्रहण

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भरतराज पौडेललाई शपथ ग्रहण गराएका छन् । राष्ट्रपतिले क्यानडाका लागि नेपालका आवासीय राजदूत भरतराज पौडेललाई राजदूत पदको पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

राष्ट्रपति कार्यालयले एक सुचना जारी गर्दै राष्ट्रपति कार्यालय, महाराजगञ्जमा मंगलबार आयोजित समारोहमा नवनियुक्त राजदूत पौडेललाई शपथ ग्रहण गराएको जनाएको छ ।

सो अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुकोसमेत उपस्थिति रहेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्