नेपाली सेनाको हेलिकप्टरमार्फत एक सुत्केरीको उद्धार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाली सेनाको हेलिकप्टरमार्फत एक सुत्केरीको उद्धार गरिएको छ । जिल्ला अस्पताल बाजुराबाट बिहीबार एक सुत्केरीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

हिमाली गाउँपालिका-१ बिच्छ्याकी २२ वर्षीया सुस्मिता खड्कालाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले जानकारी दिएका छन् । उनका अनुसार दुई दिन पहिले शल्यक्रिया गरी सुत्केरी भएकी खड्काको पेट सुन्निएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत पठाइएको हो ।

महिला तथा बालबालिका मन्त्रालयमार्फत पहल गरेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत सेनाको हेलिकप्टरमा उद्धार गरिएको हो ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्