मनि ट्रान्फसरका सञ्चालकमाथि गोली प्रहार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । रौतहटमा मनि ट्रान्फसरका सञ्चालकमाथि गोली प्रहार भएको छ । शिव मनि ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साहमाथि गोली प्रहार भएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी एजिला गिरीका अनुसार लुटेराहरुले प्रहार गरेको गोलीले सञ्चालकको कान छेडिएको छ । घाइते साहलाई हाल उपचारका लागि वीरगन्ज पठाइएको छ । गोली चलाउने समूहलाई पक्राउ गरिएको गिरीले बताएकी छिन् ।

पक्राउ पर्नेमा विहारका मुनित कुमार यादव, राजाकुमार पास्वान र चन्द्रमान सिंह रहेका छन् । उक्त घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्