धनुषामा ७ लाख रुपैयाँ बराबरको अवैध सामग्री बरामद

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । धनुषामा सशस्त्र प्रहरीले रु ७ लाख बराबरको अवैध सामग्री बरामद गरेको छ । शनिबार सशत्र प्रहरी बल ८ नं गणबाट खटिएको टोलीले धनुषाको विभिन्न स्थानबाट लत्ताकपडा र स्याउलगायतका सामग्री बरामद गरेको हो ।

भारतबाट भन्सार छली गरी लुकाइछिपाइ नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा गण तथा मातहतका निकायबाट खटिएको सशस्त्र प्रहरीका टोलीले उक्त सामग्री बरामद गरेको गणका प्रहरी उपरीक्षक सुदर्शन गिरीले जानकारी दिएका छन् । प्रहरीले कपडासँगै ओसारपोसारमा प्रयोग भएको एउटा मोटरसाइकलसमेत बरामद गरेको छ ।

बरामद गरिएको कपडा र मोटरसाइकललाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जनकपुर पठाइएको प्रहरीले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्