सोमबार सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको दोस्रो दिन (आज ) सोमबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ५ सय रुपैयाँले घटेर १ लाख २४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसैगारी तेजावी सुन ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २३ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्येस्तै, चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १५ सय २० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम छापावाला सुनको मुल्य १ लाख ६७ हजार ४० रुपैयाँ, तेजावी सुनको मुल्य १ लाख ६२ हजार २५ रुपैयाँ र १० ग्राम चाँदीको मुल्य १३ सय ३ रुपैयाँमा कारोबार भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्