मनकामना केबलकार एक दिनका लागि बन्द हुने !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । मनकामना केबलकार एक दिनका लागि बन्द हुने भएको छ । नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले (बुधबार) चैत ७ गते एक दिनका लागि सेवा बन्द हुने भएको हो ।

मनकामना दर्शन प्रालिका अनुसार नियमित मर्मतसम्भारका लागि एक दिन बन्द हुने सेवा चैत ८ गते बिहीबारदेखि नियमित सञ्चालनमा आउने छ । गोरखाको सहिद लखन गाउँपालिका-३ स्थित प्रसिद्ध धार्मिकस्थल मनकामना माइको मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना-४ कुरिनटारबाट १० मिनेटमा पुग्नेगरी विसं २०५५ मा उक्त केबलकार सेवा स्थापना भएको हो ।

मनकामना केबलकार नेपालको पहिलो केबलकार हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्