महामन्त्री थापा भन्छन्:-‘उपप्रधानमन्त्री लामिछानेलाई सहकारी विवादको छानबिन नहुँदासम्म मन्त्री बनाउन नहुने हो’

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री लामिछाने सूर्यदर्शन र सुप्रिम सहकारीको विवादमा तानिएकाले विवादको छानबिन नहुँदासम्म मन्त्री बनाउन नहुने तर्क राखेका छन्  । प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले यस्तो तर्क राखेका हुन् ।

सो सभाको बैठकमा उनले बोल्दै भने, ‘दोषी हो-होइन हामीलाई थाहा छैन । भोलि छानबिनले प्रमाणित गर्ला तर जो आफैँ मुछिएको छ, उसले कसरी निष्पक्ष अनुसन्धान गर्छ भन्ने प्रश्न उठेको छ, सहकारीबाट ठगिएकाहरुको पैसा फिर्ता गराउन हामीले सहज वातावरण गर्नुपर्छ । त्यो वातावरण बनाउनेबारे हामीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जवाफ चाहिएको छ ।’

सहकारी ठगीलगायत विभिन्न भ्रष्टाचारका प्रकरणमा जस्तोसुकै ठूला व्यक्ति भए पनि निष्पक्ष अनुसन्धान भई कानुनी कारबाही हुनुपर्नेमा महामन्त्री थापाले जोड दिएका छन् । उनले सदन चलोस् भन्ने आफूहरुको चाहना भएको तर आफूहरुले उठाएको प्रश्नको जवाफ नआएकाले चिन्ता बढेको बताएका छन् । साथै, सुन तस्कारीका घटनामा शक्तिशाली नेताहरूलाई लुकाउने प्रपञ्च रहेछ भने  यसअघिका प्रतिपक्षका आरोप सही नहोस् भन्ने ध्यानाकर्षणसमेत गराएका छन् ।

महामन्त्री थापाले आफ्नो कुरा राखेपछी सभामुख घिमिरेले सदनमा उठेका विषयमा सरकारको ध्यानाकर्षण भएको होला भन्ने विश्वास व्यक्त गर्दै आफ्नो पनि ध्यानाकर्षण भएको जनाएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्