सानिमा बैंकको ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ ।  सानिमा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बैंकले न्यूनतम मूल्य प्रतिकित्ता १ सय ४५ रुपैयाँ निर्धारण भएको संस्थापक सेयर बिक्रीमा राखेको हो । उक्त सेयर खरिदका लागि बैंकका संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउनेछन् ।

त्यसैगरी सेयर खरिद गर्न चाहने बैंकका इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । नारायणचौर नक्सालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा सेयरधनीले आवश्यक कागजात र खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्ने कम्पनीले  जनाएको छ ।

साथै, तोकिएको मितिभित्र कुनै आवेदन नआएमा बैंक बाहिरका अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्