सोमबार ३.२७ अंकले बढ्यो नेप्से परिसूचक, २ अर्ब ८८ करोडमाथिको सेयर कारोबार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको दोस्रो दिन (आज) सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको  छ । आइतबारको  तुलनामा सोमबार नेप्से परिसूचक ३.२७ अंकले बढेर २०७३.५३ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय ३ कम्पनीको ७ करोड ४५ लाख ९ हजार ४ सय २४ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ८८ करोड ५६ लाख ३७ हजार ८ सयमाथिको सेयर कारोबार भएको छ ।

सोमबार सबैभन्दा बढी कारोबार गोर्खाज फाइनान्स् लिमिटेडको भएको छ । उक्त कम्पनीको २३ करोड १४ लाख ५८ हजार ७७ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको छ । यसैगरी आज सेयर बजारमा सबैभन्दा बढी नाफा गोर्खाज फाइनान्स् लिमिटेडका लगानीकर्ताले कमाएका छन् । सो कम्पनीको सेयर मुल्यमा पोजेटिभ सर्किट लागेको छ ।

त्यसैगरी, सेयर बजारमा मानुषी लघुवित्त वित्तीय संथा लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । सो कम्पनीको सेयर मुल्य ५.१५ प्रतिशतले घटेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्