अनलाइन क्यासिनो गेम खेलाउने ४ जना पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । काठमाडौँ अपराध अनुसन्धान कार्यलयको टोलीले अनलाइन क्यासिनो गेम खेलाउने चार जनालाई पक्राउ गरेको छ । कार्यलयको टोलीले काठमाडौँबाट क्यासिनो गेम खेलाउने चार जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेको मण्डनदेउपुर नगरपालिका-१० घर भएकी २६ वर्षीया सरिता लामा, सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका-८ घर भएकी २५ वर्षीया सारङ्गा गुरुङ, खोटाङको हलेसी तुवाचुङ गाउँपालिका बाहुनीडाँडा घर भएकी २३ वर्षीया पूर्णिमा राई र नुवाकोटको शिवपुरी गाउँपालिका-१ घर भएका २८ वर्षीय तेम्बा लामा छन् । त्यस्तै, पक्राउ परेका व्यक्तिहरुबाट  अनलाइन गेम खेलाउन प्रयोग भएका ५ थान ल्यापटप र ११ थान मोबाइलसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

यसैगरी क्यास एप, फायरक्रिन एप्लिकेशनमार्फत अनलाइन क्यासिनो गेम खेलाउने गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले जानकारी दिएका छन् । पक्राउ परेका व्यक्तिहरुलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ  पठाइएको प्रहरीको भनाइ छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्