प्रतिनिधिसभाको मंगलबारको बैठक सुरु !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठक सुरु भएको छ । आज बिहान ११ बजेका लागि बैठक बोलाइए पनि करिब डेढ घण्टा ढिलो गरेर साढे १२ बजे मात्र बैठक सुरु भएको हो ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरुले सोध्नुभएका प्रश्नको जवाफ दिने कार्यसूची छ । मंगलबार नै अर्थमन्त्री वर्षमान पुनले ‘भन्सार विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभामा पेश गर्नेछन् ।

त्यसैगरी, आगामी आर्थिक वर्ष २०८१-८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक)माथि छलफल गरिनेछ कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिको निर्वाचनका लागि यही चैत ७ गते बुधबार दिउँसो ३ बजेको समय तोकिएको छ । उक्त निर्वाचनका लागि आज दिउँसो १ बजेदेखि ३ बजेसम्म प्रस्ताव दर्ता गर्ने कार्यसूची छ ।

सो समितिमा रहेका कुनै सदस्यलाई सभापति चयन गरियोस् भनी अर्को कुनै एक सदस्यको समर्थनसहित प्रस्ताव दर्ता गरिनेछ । यसरी निर्धारित समयभित्र दर्ता भएका प्रस्तावको दर्ताक्रमअनुसार सूची प्रकाशित गर्ने, सम्बन्धित समितिको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने, समर्थकले सम्बन्धित प्रस्तावको समर्थन गर्ने छ । साथै, उक्त प्रस्ताव निर्णयार्थ प्रस्तु गर्नेसमेत कार्यसूची रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्