नेपाली कांग्रेसद्वारा गृहमन्त्री लामिछानेको राजीनामा माग

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाली कांग्रेसले गृहमन्त्रीको राजीनामा माग गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानको राजीनामा माग गरेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का विद्यार्थी नेता दीपेश पुनसहित १८ जनाविरुद्ध गत माघ २२ गते पोखराको सूर्यदर्शन सहकारीका पीडितले जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दर्ता गरेका हुन् । त्यसैगरी कांग्रेस नेता दीपक गिरीले यसको निष्पक्ष छानबिन गरिनुपर्ने माग संसदमा राखेका छन् ।

उक्त मुद्दामा निष्पक्ष छानबिनमा बाधा पुग्ने देखिएकाले नेपाली कांग्रेसले गृहमन्त्री लामिछानेको राजीनामा माग गरेको गिरीले उल्लेख गरेका छन् । त्यस्तै, विद्यमान सहकारी ऐनले सहकारी संस्थाका सदस्यलाई मात्र कर्जा प्रवाह गर्नसक्ने व्यवस्था रहेपनि गैरसदस्यलाई समेत ऋण दिएको विषय गैरकानूनी रहेको संसद गिरीले दाबी गरेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्