मंगलबार ६.२४ अंकले घट्यो नेप्से परिसूचक, ३ अर्बमाथिको सेयर कारोबार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको तेस्रो  दिन (आज) मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको  छ । सोमबारको  तुलनामा मंगलबार नेप्से परिसूचक ६.२४ अंकले घटेर २०६७.२९ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय ७ कम्पनीको ९ करोड ४७ लाख ८ हजार ९ सय ३३ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ६३ करोड ३९  लाख ३६ हजार ५ सयमाथिको सेयर कारोबार भएको छ ।

मंगलबार सबैभन्दा बढी कारोबार शिवम् सिमेन्ट लिमिटेडको भएको छ । उक्त कम्पनीको २५ करोड ९७ लाख २२ हजार ३ सय  ६७ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यसैगरी आज सेयर बजारमा सबैभन्दा बढी नाफा बुद्धभुमि लघुवित्त वित्तीय संथा लिमिटेडका लगानीकर्ताले कमाएका छन् । सो कम्पनीको सेयर मुल्यमा पोजेटिभ सर्किट लागेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्