१६ वर्षपछि हत्याका योजनाकार पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हत्याका योजनाकारलाई १६ वर्षपछि पक्राउ गरेको छ । सो टोलीले हत्याका योजनाकार एक महिलालाई १६ वर्षपछि पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा धादिङ साविक बुढाथुम गाबिस-३ हाल गङ्गा जमुना नगरपालिका-७ घर भई हाल ललितपुर महानगरपालिका-२६ ढोलाहिटी बस्ने ४१ वर्षीया सबिता थापा (अधिकारी) रहेकी छिन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार विसं २०६४ असार २६ गते ललितपुरको तत्कालीन ललितपुर उपमहानगरपालिका-२२ शङखमुलस्थित ललितपुर इमाडोल घर भएका ३३ वर्षीय धर्मराज विष्टको हत्या भएको थियो । सोही घटनाका योजनाकार थापालाई १६ वर्षपछि पक्राउ गरी मंगलबार सार्वजनिक गरिएको हो ।

त्यसैगरी मीनभवनस्थित नेपाल कमर्स क्याम्पसको प्राध्यापक रहेका धर्मराज विष्टलाई सोभिता थापाको योजनामा उनका भाइ विनोद थापासहित तीन जनाको समुहले कुटपिट गरी सख्त घाइते बनाएका थिए । घाइते विस्टको उपचारका क्रममा मृत्यु भएको थियो । थापालाई सोमबार ललितपुर महानगरपालिका-२६ ढोलाहिटीबाट निज सोभिता थापालाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत ललितपुर बुझाइएको प्रवक्ता रेग्मीले जानकारी दिएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्