प्रधानमन्त्री दाहाल र अध्यक्ष ग्रेज बार्क्लेबीच छलफल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) का अध्यक्ष ग्रेज बार्क्लेबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच बुधबार नेपालको क्रिकेट विकासका विविध विषयमा छलफल भएको हो ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले आइसीसीका अध्यक्षको नेपाल भ्रमणले नेपाली क्रिकेटले प्राथमिकता र महत्त्व पाएको बताएका छन् । ‘नेपाल सरकारले क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको योजनाका रूपमा निर्माण गर्ने निर्णय गरेर क्रिकेट पूर्वाधारलाई निकै प्राथमिकता दिएको छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘सन् २०२७ को ‘यु-१९ वुमन व्रल्ड कप’का लागि नेपाल सरकारले निकै महत्त्व दिएको छ । आइसीसीबाट पनि महत्त्वपूर्ण सहयोग हुने अपेक्षा गरेका छौँ ।’

अध्यक्ष बार्क्ले नेपालको क्रिकेट क्षेत्रको विकासका लागि आइसीसीले सहयोग गर्ने जानकारी दिएका छन् । उक्त भेटमा नेपाल सरकारका मुख्यसचिव डा.बैकुण्ठ अर्याल र नेपाल क्रिकेट सङ्घका पदाधिकारीको सहभागिता थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्