मंगलबार १०.१४ अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको तेस्रो दिन (आज) मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक १०.१४ अंकले बढेर २०४१.७० बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय १० कम्पनीको ६८ लाख ४२ हजार ३ सय ९२ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ३५ करोड ४३ लाख ४८ हजार ५ सयमाथिको सेयर कारोबार भएको छ ।

मंगलबार सबैभन्दा बढी कारोबार शिभम् सिमेन्ट लिमिटेडको भएको छ । उक्त कम्पनीको ९३ करोड १३ लाख ९ हजार ७०  रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको छ । यसैगरी आज सेयर बजारमा सबैभन्दा बढी नाफा दोल्टी पावर कम्पनी लिमिटेड लगानीकर्ताले कमाएका छन् । सो कम्पनीको सेयर मुल्यमा पोजेटिभ सर्किट लागेको छ ।

त्यसैगरी, सेयर बजारमा धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । सो कम्पनीको सेयर मुल्य ९.३५ प्रतिशतले घटेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्