‘रुस जान व्यक्तिगत श्रम स्वीकृत खुला गरिएको छैन’

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले हाल कुनै पनि व्यक्ति रुस जान श्रम स्वीकृतिको व्यवस्था नरहेको स्पष्ट पारेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बुधबार आयोजना गरेको काठमाडौँको आँखामा कर्णाली विषय कार्यक्रममा उनले यस्तो स्पष्ट पारेका हुन् ।

मन्त्री अर्याललेहाल रुस जान व्यक्तिगत श्रम स्वीकृतको व्यवस्था बन्द नै रहेको र खुला नगरिएको जनाएका छन् । उनले वैदेशिक रोजगार व्यवसायीले रुसमा युद्धग्रस्त क्षेत्र होइन भन्ने स्पष्ट पारेको र जोखिम छैन भन्ने मागलाई स्वीकृत दिने अघिल्लो मन्त्रीको पालामा भएको निर्णयका सन्दर्भमा आफूहरु पुन:मूल्याङ्कनका लागि अध्ययनका क्रममा रहेको बताएका हुन् ।

त्यस्तै, सरकार अविछिन्न उत्तराधिकारी हुने र निरन्तर चलिरहने विषयका सन्दर्भमा भने आफू सजग रहेको उनको भनाइ छ ।अर्यालले श्रम स्वीकृति लिएर गएका नेपाली नागरिकको उद्धारका हकमा आफ्नो मन्त्रालयले जिम्मेवार हुने र श्रम स्वीकृति नलिई गएका नागरिकको हकमा परराष्ट्र मन्त्रालयले समन्वय गर्नुपर्ने बताएका छन् ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्