बुधबार सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको चौँथो दिन (आज) बुधबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख ३१ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १८ सय रुपैयाँले बढेर १ लाख ३३ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यसैगरी तेजावी सुन १८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३२ हजार ३ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य ६५ रुपैयाँले बढेर प्रतितोला १६ सय १० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम छापावाला सुनको मुल्य १ लाख १४ हजार २५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य १ लाख १३ हजार ४ सय ६५ रुपैयाँ र १० ग्राम चाँदीको मुल्य १३ सय ८० रुपैयाँ रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्