कारोबारको अन्तिम दिन पनि झिनो अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको पाँचौ दिन (आज) बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक २.७३ अंकले घटेर २००४.०५ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय २ कम्पनीको ६९ लाख ६३ हजार ३ सय ५९ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ३७ करोड २६ लाख ७ हजार ३ सयमाथिको सेयर कारोबार भएको छ ।

बिहीबार सबैभन्दा बढी कारोबार गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको भएको छ । सो कम्पनीको २३ करोड ३२ लाख ९१ हजार ६ सय १२ रुपैयाँ ०० पैसा बराबरको सेयर कारोबार भएको छ । आज सेयर बजारमा सबैभन्दा बढी नाफा मानुसी लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनीका लगानीकर्ताले कमाएका छन् । उक्त कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।

त्यसैगरी सेयर बजारमा पिपुल्स पावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । सो कम्पनीको सेयर मुल्य ९.०५ प्रतिशतले घटेको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्