सिन्दुर खेलेर ‘सुथसिया’ जात्रा मनाउँदै…(फोटो-फिचर)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । मध्यपुरथिमिबासीले आइतबार बिहानै सुथसिया अर्थात बिहानीको जात्रा मनाएका छन् । बिस्केट जात्राका अवसरमा मध्यपुरथिमिका बासिन्दाले आज बिहानैदेखि सिन्दुर खेलेर ‘सुथसिया’ अर्थात बिहानीको जात्रा मनाएका हुन् ।

मध्यपुरथिमिका बासिन्दाले टोलटोलका देवता विराजमान खटलाई बालकुमारीको परिक्रमा गराई धिमे र मुस्या बाजाको तालमा झुम्दै, नाच्दै र अबिर छर्कदै हर्षोल्लासका साथ सिन्दुर खेलेर सुथसिया जात्रा मनाएका छन् । थिमिमा मात्रै मनाइने यो जात्रामा एकअर्कामा सिन्दुर दलेर धिमेलगायतका स्थानीय बाजामा तालमा नाच्दै हातहातमा चिराग बाल्ने चलन छ । खट बोकी बालकुमारीमा ३२ खट ल्याएर भव्य रुपमा मनाउने परम्परा छ ।

तर, केही वर्ष यता भने २६ खट मात्रै जात्रामा सहभागि हुने गरेका छन् । यो जात्रामा आज बिहानै बालकुमारी र कालिका अर्थात बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालेको थियो ।

बाँकि फोटो फिचरमा हेर्नुहोस्:

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्