१६.८२ अंकले घट्यो सोमबार नेप्से परिसूचक, कति भयो कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको दोस्रो दिन (आज) सोमबार सेयर बजार मापक नेप्से परिसुचक घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज नेप्से परिसुचक १६.८२ अंकले घटेर २००६.५२ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय १४ कम्पनीको ७२ लाख २३ हजार ७ सय ७३ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ७९ करोड ७५ लाख ७७ हजार ४ सयमाथिको सेयर कारोबार भएको छ ।

त्यस्तै, आज सबैभन्दा धेरै कारोबार ङादी ग्रुप पावर लिमिटेड कम्पनीको भएको छ । सो कम्पनीको १७ करोड ७३ लाख ६८ हजार २ सय ९५ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ ।

आइतबार सबैभन्दा धेरै नाफा माछापुच्छ्रे डिभेन्चर-२०८७ का लगानीकर्ताले कमाएका छन् । सो कम्पनीको सेयर मूल्य ७.०९ प्रतिशतले घटेको छ । त्यसैगरी आज सबैभन्दा धेरै गुराँस लघुवित वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । उक्त कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्