मंगलबार सुनको मूल्य स्थिर हुँदा चाँदीको मूल्य घट्यो

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । मंगलबार सुनको मूल्य स्थिर रहेको छ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य स्थिर रहेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँ कारोबार भईरहेको छापावाला सुन आज पनि १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी तेजावी सुन पनि स्थिर रही प्रतितोला १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, मंगलबार चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ६ सय ५० रुपैयाँ कारोबार भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्