प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रतिनिधिसभाको सोमबारको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले आसनबाट उभिएर विरोध जनाउनुका साथै बेल घेराउ र नाराबाजी गरेका थिए । करिब १५ मिनेटको कांग्रेसको नाराबाजी र विरोधपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

कांग्रेसले सहकारीको रकम अपचनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठनको माग गरेर संसद् बैठकअवरुद्ध गर्दै आएको छ ।

बैठकमा राष्ट्रपतिलाई धन्यवाद दिने र प्रधानमन्त्रीले विश्वासको मत लिनेसम्बन्धी कार्यसूची तय गरिएको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्