कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई बयानका लागि लगियो जिल्ला अदालत धनुषा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई बयानका लागि जिल्ला अदालत धनुषा लगिएको छ । नागरिकता सम्बन्धी कसुरमा पक्राउ परेका सिरोहियालाई बयानका लागि जिल्ला अदालत धनुषा लगिएको हो ।

बुधबार कान्तिपुर पब्लिकेशनको कार्यायबाट पक्राउ परेका उनलाई गएराति नै जनकपुर लगेर धनुषा प्रहरीको हिरासतमा राखिएको थियो ।

अध्यक्ष सिरोहियालाई रिहाइको माग गर्दै जनकपुर उद्योग वाणिज्य संघलगायतले प्रहरी कार्यालय अगाडि धर्ना दिएका छन् ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्