काभ्रेपलाञ्चोकमा दम्पती मृत फेला, थप अनुसन्धान जारी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । काभ्रेपलाञ्चोकमा दम्पती मृत फेला परेका छन् । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–४ तीनखुट्टेमा श्रीमान श्रीमती मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार ६० वर्षीय मानबहादुर बल र उनकी श्रीमती ५० वर्षीया केकाइमाया तामाङ आफ्नै घरमा मङ्गलबार मृत फेला परेका हुन् ।

मानबहादुर घरको पसलमा तथा केकाइमाया भान्छा कोठामा मृत फेला परेका उनको भनाइ छ ।

यस घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पठाइएको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्