गाजामा सहायता आपुर्ति प्रतिबन्ध हटाउन इजरायललाई डब्लुएचओ प्रमुखको आग्रह

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का प्रमुख टेड्रोस एधानोम घेब्रेयससले इजरायललाई गाजामा चिकित्सा सहायता आपूर्तिमा नाकाबन्दी हटाउन आग्रह गरेका छन् । उनले गाजाको युद्ध क्षेत्रमा करिब ७ सय जना गम्भीर बिरामी फसेका बताउँदै चिकित्सा सहायता सामग्रीको अभावलाई तत्काल सम्बोधन गर्न विश्व समुदायको ध्यानाकर्षण गराएका हुन् ।

इजिप्टबाट गाजामा प्रवेश गर्ने सीमा क्षेत्र दुई हप्तादेखि बन्द हुँदा गाजामा आपतकालीन स्वास्थ्य आपूर्तिका लागि प्राथमिक पाइपलाइन समेत काटिएको डब्लूएचओका महानिर्देशक घेब्रेयससले जेनेभामा पत्रकार सम्मेलनमा बताएका छन् ।

गाजामा कहाली लाग्दो अवस्था रहेको बताउँदै गाजाको अस्पताल परिसर र वरपरका क्षेत्रमा देखिएको तनावले यहाँको चिकित्सा सेवा क्षमतालाई प्रभावित गरेको र बिरामीलाई अस्पतालको पहुँचसम्म पुग्न गाह्रो बनाएको टेड्रोसले उल्लेख गरेका छन् । उत्तरी गाजामा दुईवटा मात्र अस्पतालहरूले सेवा प्रवाह गरिरहेको तर उक्त सेवा अपुग देखिएकोले स्वास्थ्य सेवाहरू प्रदान गर्ने वातावरण बनाउन सम्बन्धित सबैको ध्यान जानुपर्ने डब्लुएचओ प्रमुख घेब्रेयससको भनाइ छ ।

उनले राष्ट्रसङ्घीयको स्वास्थ्य निकायले गाजामा थप सहायता प्रवाह नगरी अस्पताल र जनसङ्ख्यालाई जीवन बचाउने सहयोग कायम राख्न नसकेकोमा पनि दु:ख व्यक्त गरेका छन् । डब्लूएचओ र यसका साझेदारहरूले पछिल्लो समयमा अस्पतालमा थोरै मात्रामा इन्धन पुर्याउन सफल भएका छन् ।

गाजामा स्वास्थ्य सेवा सञ्चालनका लागि ठूलो मात्रामा इन्धनको आवश्यकता रहेको तर प्रत्येक दिन आवश्यक पर्ने इन्धनभन्दा निकै कम मात्र आपूर्ति हुने गरेको उनी बताउँछन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्