बुधबार १५.५४ अङ्कले बढ्यो नेप्से परिसूचक, ५ अर्ब ६८ करोडमाथिको सेयर कारोबार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक १५.५४ अङ्कले बढेर २१३१.४९ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय १८ कम्पनीको १४ करोड ४१ लाख ९ हजार ५ सय २१ सेयर खरिदबिक्री हुँदा ५ अर्ब ६८ करोड ७६ लाख ८० हजारमाथिको सेयर कारोबार भएको छ ।

बुधबार सबैभन्दा धेरै कारोबार नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको भएको छ । यस कम्पनीको २४ करोड ४२ लाख ८० हजार ४ सय १३ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, आज सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यसैगरी आज मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८.०६ प्रतिशतले घटेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्