आइतबार ४.५९ अंकले घट्यो नेप्से परिसूचक !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ४.५९ अंकले घटेर २०७३.१९ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय १३ कम्पनीको १ करोड ४ लाख ५२ हजार १ सय २८ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब १८ लाख ९० करोडमाथिको सेयर कारोबार भएको छ ।

आइतबार पनि सबैभन्दा बढी कारोबार एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टको भएको छ । यस कम्पनीको ३२ करोड ३ लाख ९४ हजार ५ सय ६८ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा इस्टर्न हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्