मंगलबार ३३.१५ अंकले बढ्यो नेप्से परिसूचक !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ३३.१५ अंकले बढेर २११५.२४ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय ११ कम्पनीको १ करोड २६ लाख ६५ हजार ३ सय २९ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ५५ करोड ५३ लाख ६१ हजारमाथिको सेयर कारोबार भएको छ ।

मंगलबार सबैभन्दा बढी कारोबार एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टको भएको छ । यस कम्पनीको ३६ करोड ३० लाख ९२ हजार ९ सय १० रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा बरुण हाइड्रोपावर कम्पनीकोका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्