बुधबार बिहानदेखि पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । मध्यपहाडी लोकमार्ग अन्तर्गत खुर्कोट घुर्मी सडकखण्ड बुधबार बिहानदेखि अवरुद्ध भएको छ । पहिरोले गोलञ्जोर गाउँपालिका ६ हैबारबेँसी नजिकको अक्करेभिर, गोलञ्जोर १ कुँडुले, फिक्कल गाउँपालिका २ सुम्नाम बेँसीलगायत क्षेत्रमा सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार खुर्कोटबाट पूर्वतर्फको सडकखण्ड अवरुद्ध हुँदा दर्जनौँ सवारीसाधन तथा यात्री अलपत्र परेका छन् ।

त्यस्तै गोलञ्जोर १ कुँडुलेमा प्र २-०३-००१ख ७१४४ नम्बरको टेलर पहिरोले पुरिएको छ । सडक अवरुद्ध भएको स्थानमा स्थानीय सरकारका प्रतिनिधि र सुरक्षाकर्मी पुगेका छन् । अवरुद्ध सडक खुलाउने प्रयास जारी छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्