सामान्य अंकले बढ्यो बुधबार नेप्से परिसूचक

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा आज नेप्से परिसूचक ३.७९ अंकले बढेर २१०४.२२ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय १४ कम्पनीको १ करोड ७१ लाख ३४ हजार ८२ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ८३ करोड ५२ लाख ३१ हजारमाथिको सेयर कारोबार भएको छ ।

बुधबार सबैभन्दा बढी कारोबार मन्जुश्री फाइनान्स लिमिटेडको भएको छ । उक्त कम्पनीको २३ करोड १७ लाख ७ हजार ७ सय ७४ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्