गुठिचौर गाउँपालिकाको पुँजीगत खर्च ५१ प्रतिशत

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । जुम्लाको गुठिचौर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०-८१ को ११ महिनामा पुँजीगत खर्च ५१.१६ प्रतिशत गरेको छ । सोही आर्थिक वर्षमा पालिकाले रु ३४ करोड ५५ लाख ७५ हजार विनियोजित बजेटमध्ये हालसम्म चालुतर्फ ६५.४७ प्रतिशत खर्च गरेको हो ।

समग्रमा ६०.१४ प्रतिशत खर्च भएको गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले जानकारी दिएका छन् ।

त्यस्तै, चालु आर्थिक वर्षको कूल विनियोजित बजेटको ८८.३२ प्रतिशत खर्चहुने अनुमान गरिएको छ । उनले भने, ‘उक्त आवमा गाउँपालिकाको आन्तरिक राजस्व रु १६ लाख सङ्कलन गर्ने लक्ष्य रहेकामा रु ११ लाख मात्र उठेको छ ।’ आर्थिक वर्ष २०८१-८२ मा पालिकाले रु १८ लाख आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ ।

महालेखापरीक्षकको कार्यालयले गत जेठ १३ गते सार्वजनिक गरेको ६१औँ वार्षिक प्रतिवेदन अनुसार गुठिचौर गाउँपालिकाको लेखापरीक्षणबाट रु ५ करोड १ लाख ४४ हजार बेरुजु देखिएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्