आइतबार ५२.९७ अंकले बढ्यो नेप्से परिसूचक, ७ अर्बमाथिको सेयर कारोबार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । आइतबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बिहीबारको तुलनामा आज नेप्से परिसूचक ५२.९७ अंकले बढेर २२५७.५९ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय ९ कम्पनीको २ करोड २० लाख ४७ हजार ३ सय २७ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ६२ करोड ४९ लाखमाथिको   भएको छ ।

आइतबार सबैभन्दा बढी कारोबार जानकी  फाइनान्स लिमिटेडको भएको छ । सो कम्पनीको २४ करोड २७ लाख ५८ हजार ५  सय ७२ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ ।

आजको सेयर बजारमा सबैभन्दा बढी नाफा रिडी पावर कम्पनी लिमिटेडका लगानीकर्ताले कमाएका छन् । उक्त कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्