मंगलबार सेयर बजारमा हरियाली, नेप्से परिसूचक ७०.१८ अंकले बढेर २३१०.५९ बिन्दुमा कायम

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक ७०.१८ अंकले बढेर २३१०.५९ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय १५ कम्पनीको २ करोड ५८ लाख ३६ हजार २ सय ८५ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब १३ करोडमाथिको सेयर कारोबार भएको छ ।

मंगलबार सबैभन्दा बढी कारोबार ङ्गादि ग्रुप पावरको भएको छ । उक्त कम्पनीको २१ करोड ७७ लाख ४९ हजार १ सय १७ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्