बुधबार सेयर बजारमा हरियाली, नेप्से परिसूचक ५४.०४ अंकले बढेर २३६४.६३ बिन्दुमा कायम

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक ५४.०४ अंकले बढेर २३६४.६३ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय ६ कम्पनीको ३ करोड २० लाख ९५ हजार ९ सय ३७ कित्ता सेयर खरिदबिक्री हुँदा १२ अर्ब माथिको सेयर कारोबार भएको छ ।

बुधबार सबैभन्दा बढी कारोबार सिंगटी हाइड्रो इनर्जी लिमिटेडको भएको छ । उक्त कम्पनीको २३ करोड ५५ लाख ८१ हजार ६ सय ३७ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्