दुई सय रुपैयाँले बढ्यो शुक्रबार पार्सलेको मूल्य, अन्य तरकारी तथा फलफूलको मूल्य कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । शुक्रबार तरकारी तथा फलफूल विकास समितिले फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसुची अनुसार आज पार्सलेको मूल्य दुई सय रुपैयाँले बढेको हो ।

आज नेपाली ठुलो गोलभेडा ११० रुपैयाँ, लोकल सानो गोलभेडा १५ रुपैयाँ, सानो गोलभेडा (टनेल) २० रुपैयाँ,रातो आलु ६८ रुपैयाँ, भारतीय रातो आलु ५६ रुपैयाँ, रातो आलु (मुडे) ५० रुपैयाँ, भारतीय सुकेको प्याज ९० रुपैयाँ, लोकल गाजर ९० रुपैयाँ, बन्दा लोकल ४० रुपैयाँ, स्थानीय काउली ७० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ९० रुपैयाँ, भन्टा लाम्चो ८० रुपैयाँ, भन्टा डल्लो ९०, तने बोडी ११०, मकै बोडी १००, घिउ सिमी लोकल १५०, घिउ सिमी राजमा १५०, भटमासकोसा १४० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

त्यस्तै, तितो करेला ७०, लौका ८०, लोकल परवर ७० रुपैयाँ, चिचिण्डो ७० रुपैयाँ, घिरौला ११०, झिगुनी ७०, फर्सी पाकेको ६५, हरियो फर्सी (डल्लो) ८०, भिण्डी १००, पिंडालू ९०, स्कुस ९० रुपैयाँ, रायो साग १५० रुपैयाँ, हरियो प्याज १६०, कन्य च्याउ १६०, डल्ले च्याउ २८०, राजा च्याउ २८०, कुरिलो ३००, न्युरो ११०, ब्रोकाउली १००, चुकन्दर ६०, सजिवन ४५०, रातो बन्दा ५०, जिरीको साग ४००, सेलेरी २००, पार्सले ७०० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

शुक्रबार पुदिना ६००, गान्टे मुला ८०, इमली १५०, तामा १००, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २२०, सुकेको खुर्सानी ४५०, हरियो खुर्सानी ९०, खुर्सानी हरियो (बुलेट) ९०, खुर्सानी हरियो (अकबरे) २५०, खुर्सानी हरियो (माछे) ११०, भेडे खुर्सानी १००, हरियो लसुन १५०, हरियो धनियाँ ४००, चाइनिज सुकेको लसुन २४०, नेपाली सुकेको लसुन २००, छ्यापी सुकेको १६० रुपैयाँ, फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती २२०, अनार ३५०, आँप (मालदह) १००, आँप (दसहरी) १००, मौसम १६०, जुनार २६०, भुई कटहर प्रति गोटा १६०, लोकल काक्रो ७०, हाइब्रिड काक्रो ४०, रुख कटहर ४०, नासपाती (लोकल) ९०, नासपाती (चाइनिज) २२०, भारतीय मेवा ९०, किवि ४५० र आभोकाडो ५५० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्