सोमबार झिनो अंकले बढ्यो नेप्से परिसूचक

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सोमबार सेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज  नेप्से परिसूचक २.१५ अंकले बढेर २४८८.०९ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय ९ कम्पनीको ३ करोड ९७लाख ५४  हजार ७ सय ११  कित्ता सेयर खरिदबिक्री हुँदा १३ अर्बमाथिको सेयर कारोबार भएको छ ।

सोमबार सबैभन्दा बढी कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको ३६ करोड ९३ लाख ४८ हजार ७ सय ४१ रुपैयाँ ०० पैसा बराबरको सेयर कारोबार भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्