प्रधानमन्त्रीद्वारा विमान दुर्घटनाप्रति दु:ख व्यक्त

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जहाज दुर्घटनाको घटनाप्रति दु:ख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको घटनाप्रति दु:ख व्यक्त गरेका हुन् ।

नियमित प्राविधिक परीक्षणका लागि पोखरा उड्न लाग्दा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको निधनबाट आफूलाई अत्यन्त दुःख लागेको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत् उल्लेख गरेका छन् । उनले दुर्घटनाको यस दुःखद घडीमा सवैलाई धैर्य रहन आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले नागरिक उड्डयन प्राधिकरणका अधिकारीलाई भेटेर विमान दुर्घटनाको कारण बुझ्न आफू घटनास्थलमा पुगेको जानकारी दिएका छन् । आज बिहान ११:११ बजे काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्