बिहीबार २४ सय रुपैयाँले घट्यो सुनको मूल्य

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बिहीबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २४ सय रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ४७ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २४ सय रुपैयाँले घटेर एक लाख ४५ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, तेजावी सुन २४ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदीको मूल्य ५५ रुपैयाँले घटेर प्रतितोला १७ सय ५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्