विदेशी मुद्रासहित रसुवागढी नाकाबाट एक जना पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । विदेशी मुद्रासहित रसुवागढी नाकाबाट एकजना पक्राउ परेका छन् । गैरकानुनी ढङ्गले विदेशी मुद्रा चीनको स्वशासित क्षेत्र तिब्बततर्फ लैजान लागेको अवस्थामा रसुवागढी नाकाबाट एकजना पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी प्रमुख केशव भट्टराईका अनुसार रसुवाको आमाछोदिङ्मो गाउँपालिका-५ पाजुङ निवासी २२ वर्षीय नुर्पु तामाङलाई दुई सय डलरसहित पक्राउ गरिएको हो ।

भन्सार कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती टोलीले निजलाई पक्राउ गरेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्