सुनको मूल्यमा नयाँ रेकर्ड कायम !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । शुक्रबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ४९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ५ सय रुपैयाँले बढेर एक लाख ४९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, तेजावी सुन ४ सय ६० रुपैयाँले बढेर प्रतितोला एक लाख ३७ हजार ९ सय १० रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १७ सय ९५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्