रास्वपासँग अघि बढ्ने कुनै योजना छैनः राजेन्द्र लिङदेन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले आउँदो उपनिर्वाचनमा मतदाताले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पराजित गर्नुपर्ने बताएका छन् । तीनै ठूला पार्टी भ्रष्ट भएको र देशलाई बर्बाद बनाएको भन्दै उनले उपनिर्वाचनमा ती दललाई पराजित गर्नुपर्नेमा जोड दिए ।

पार्टीको कीर्तिपुर नगर कमिटीले मंगलबार आयोजना गरेको एक कार्यक्रममा उनले ठूला दललाई उपनिर्वाचनमा मत दिएर देशलाई बर्बाद बनाउने कार्यमा सहभागी हुन नहुने टिप्पणी गरे । अध्यक्ष लिङदेनले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई हावादारी पार्टीको संज्ञा दिए । रास्वपासँग देशलाई अघि बढाउने कुनै योजना नभएको उनले जिकिर गरे ।

आफ्नो पार्टी मात्र सुशासनको पक्षधर रहेको भन्दै उनले जनताले उपनिर्वाचनमा साथ दिने विश्वास व्यक्त गरे । आफ्नो पार्टीले जितेका स्थानीय तहले नमुनायोग्य काम गरेको भन्दै उनले उपनिर्वाचनमा जनताले साथ दिने बताए । न्युज एजेन्सी नेपाल

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्