त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएपछि तीन गुणा बढ्यो भाडा,वैदेशिक रोजगारीमा जाने मर्कामा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने भएपछि अन्तर्राष्ट्रिय उडानको हवाई भाडा अत्यधिक महँगो भएको छ । केही गन्तव्यको भाडा तीन गुणासम्म महँगो भएको यात्रुहरूले गुनासो गरेका छन् । टिकटको मूल्य बढ्दा श्रमका लागि विदेश जानेहरू समस्यामा परेका छन् ।

केही समय अघिसम्म काठमाडौँबाट साउदी अरेबियाका लागि प्रतिव्यक्ति ४० हजार रुपैयाँ रहेको भाडा अहिले एक लाख ६ हजार रुपैयाँभन्दा धेरै छ । यसअघि बढीमा ४० हजार रुपैयाँ पर्ने काठमाडौँ–मलेसियाको न्यूनतम टिकट मूल्य अहिले ७४ हजारदेखि एक लाख ८२ हजार रुपैयाँसम्म छ । ३० देखि ४० हजार रुपैयाँ पर्ने काठमाडौँ–दुबईको टिकट मूल्य अहिले एक लाख तीन हजारदेखि एक लाख २४ हजार रुपैयाँसम्म परेको यात्रु बताउँछन् ।

श्रमिक मर्कामा परेपछि रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई भेटेर यसबारे ध्यानाकर्षण गराएको नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले जानकारी दिए ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्