सरकारले एसपीपी सम्झौता गर्नसक्छ,ओलीले सैद्धान्तिक सहमति दिइसकेःप्रचण्ड

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता गर्न सक्ने आशंका गरेका छन् । आज बिहान मकवानपुरको हेटौंडामा आयोजित पत्रकार भेटघाटमा प्रचण्डले यस्तो बताएका हुन् ।

विगतमा केपी शर्मा ओलीले सैद्धान्तिक सहमतिसमेत दिइसकेको भन्दै प्रचण्डले अब सम्झौता गर्न सक्ने आशंका गरे । सरकारले बिचौलियाको काम गरिरहेको आरोप लगाएका छन्। उनले संघीयता, समावेशिताको वास्तविक कार्यन्वयनका लागि संविधानको रक्षा गर्नु आफूहरुको दायित्व रहेको बताए। उनले आफ्नो पार्टी अहिले सबैभन्दा सहज स्थितिमा रहेको र जनतामा गएर समीक्षा गर्ने अवसर पाएको धारण राखे।

प्रचण्डले यस्ता विषयहरुमा जनतालाई सुसूचित गराउने, सतर्क गराउन आवश्यकता रहेको समेत बताए ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्