कोसीका पूर्वमन्त्री लिलावल्लभ अधिकारी पक्राउ,आजै काठमाडौं ल्याउने तयारी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । कोसी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लभ अधिकारी पक्राउ परेका छन् । उनलाई पक्राउ गरेर विराटनगरबाट काठमाडौं ल्याइन लागेको एक उच्च प्रहरी अधिकारीले जानकारी दिए ।

उनलाई मानव तस्करीको आरोप लागेको छ । मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगराई उनी जापान गएका थिए । उनीसँगै अन्य ३ जना व्यक्ति पनि जापान गएका थिए । तर जापानको अध्यागमनले उनलाई विमानस्थलबाट फर्काइदिएको थियो । प्रदेश मन्त्रीको विदेश भ्रमण पनि संघीय मन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्ने भए पनि उनी आफूखुसी जापान गएका थिए ।

 

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्