उद्योगमा काटिएको लाइन जोड्ने विद्युत् प्राधिकरणको निर्णय

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले उद्योगमा काटिएको लाइन जोड्ने निर्णय गरेको छ । मंगलबार बसेको प्राधिकरण बोर्ड बैठकले बिजुली जोड्ने निर्णय गरेको हो ।गत आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको महसुललाई लिएर उद्योगमा काटिएको बिजुली २४ घण्टाभित्र जोड्ने निर्णय गरेको थियो ।

तर, सोमबार नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरूले मन्त्रिपरिषद्को निर्णय विरोध गरेका थिए । उनीहरूले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता रकम नबुझाएर लाइन जोडिए संघर्ष गर्ने चेतावनी दिएका थिए ।

 

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्