काठमाडौँ । सिरहाको धनगढीमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद बगालेसहित पाँचजना र एउटा कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले औषधि खरिद प्रक्रियामा चारलाख ६० हजार ८१० रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा बिहीबार मुद्दा दायर गरेको हो ।
अख्तियारले मुद्दा दायर गरेका अन्यमा धनगढीमाई नगरपालिकाका लेखा अधिकृत पुरुषोत्तम कुमार प्रसाद, तत्कालीन स्वास्थ्य शाखा प्रमुख सुरैत चौधरी, तत्कालिन जिन्सी शाखा प्रमुख सम्पैत यादव र हेल्पिङ मल्टिपर्पोज प्रा.लि.मैतिदेवी, काठमाडौं तथा उक्त फर्मका प्रबन्ध निर्देशक प्रसाद गौतम रहेका छन् ।
दायर गरेको मुद्दामा प्रत्येकसँग चार लाख ६० हजार ८१० रुपैयाँ बिगो दाबी गरिएको छ ।